उपप्रधानमन्त्री सिंह निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक छ


कृष्ण बुढाथोकी

बुधबार, ०९ साउन २०८१, काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएका छन्। मंगलबार नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा उनले यस्तो जानकारी दिएका हुन्।

उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको र सरकारले निर्माण व्यवसायीहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाउने बताए। उनले निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे।

भेटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नु पर्ने संशोधनको आवश्यक रहेको जानकारी दिए।

सम्बन्धित खबर