विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’


कृष्ण बुढाथोकी


बुधबार, ०९ साउन २०८१, काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ।बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ।

उनको आँखाको अप्रेसन गरिएको अस्पतालका एक अधिकारीले बताए । अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन्। उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालको भनाइ छ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो।

सम्बन्धित खबर