बुधबार, ०२ असोज २०८१, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षमा साढे ५ करोड भन्दा बढी खर्च गरेको छ।

रास्वपाको आजदेखि सुरु भएको राष्ट्रिय भेलामा एक वर्षमा ५ करोड ६४ लाख ८१ हजार ७ सय २३ रुपैयाँ खर्च भएको आय–व्यय विवरण पेस गरिएको हो। आर्थिक वर्ष २०८०/८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ। पुँजीगत खर्च २ करोड ७५, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ। रास्वपाले आम्दानी भने ३ करोड ४० लाख मात्रै गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेला आजबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो। भेलालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले ठुला दलहरु रातारात मिलेमा रास्वपाले सिध्याउने चेतावनी दिएको छ । वर्षौँदेखि सदनमा रहेका भन्दा भर्खरै आएका दलका बारेमा चर्चा धेरै हुने भन्दै सभापति लामिछानेले चौथो पार्टी महत्वपुर्ण मन्त्रालय लिएर सरकामा जानु ठुलो कुरा भएको बताउए।

रास्वपाको जारी भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ। प्रदेशसभापति डा.अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन्।