मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक


कृष्ण बुढाथोकी

शुक्रबार, ११ असोज २०८१, दोलखा। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले औपचारिक कार्यक्रम स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार, उम्मेदवारको मनोनयन दर्ता मंसिर २ गते बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

त्यसपछि, सोही दिन बेलुकी ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ। उम्मेदवारको विरोधमा उजुरी दिन चाहने व्यक्तिहरूले मंसिर ३ गते बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सक्नेछन्। उजुरी जाँचबुझ प्रक्रिया मंसिर ३ गते दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुकी ५ बजेसम्म पूरा गरी अन्तिम नामावली प्रकाशन गरिनेछ।

निर्वाचन मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान केन्द्रमा सम्पन्न हुनेछ। प्रचारप्रसार निषेध अवधि भने मंसिर १३ गते राति १२ बजेबाट सुरु हुनेछ, जुन मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघि लागू हुने व्यवस्था छ।

सम्बन्धित खबर