सवा अर्ब लगानीमा नगरकोटमा पाँचतारे स्वर्णिम माउन्टेन रिसोर्ट बन्दै


अनलाईन बुलेटिन संवाददाता

काठमाडौं, पुस २२

तस्वीर : सामाजिक सञ्जाल

काठमाडौंबाट नजिकैको दूरीमा रहेको नगरकोट पर्यटकीय हबका रूपमा चिनिन्छ । यहाँ दर्जनौ साना ठूला होटलहरू सञ्चालनमा छन् । केही होटलहरू निर्माणधीन अस्थामा छन् भने केही पाइपलाइनमा पनि छन्।

स्वर्णिम माउन्टेन रिसोर्ट प्रालिले १ अर्ब २९ करोड ५० लाख रूपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गरिरहेको छ ।

कम्पनीले पाँच तारे रिसोर्टसहित क्लब र क्यासिनोको सुविधाका साथ होटल निर्माण गरिरहेको छ । जसमा ८० वटा कोठा हुनेछन् । कम्पनीले होटल निर्माणका लागि ६२ः ३८ कर्जा स्वपुँजी लगानीको अनुपात राखेको छ । कम्पनीले हालसम्ममा कर्जाको व्यवस्थापन गरिसकेको छ भने इक्विटीको २८ प्रतिशत रकम व्यवस्थापन भइसकेको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार हालसम्ममा जग्गा अधिग्रहणको कार्य सम्पन्न गरिसकेको छ । कम्पनीले भारतीय कम्पनी डिजाइनर ग्रुपसँग आर्किटेक्चर र डिजाइनिङको लागि सम्झौता गरेको छ । त्यस्तै, हालसम्ममा कम्पनीको १९ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । आयोजनाको कार्य पहिलो चरणमा रहेकाले आगामी दिनमा समयअनुसार लागत पनि संशोधन हुने जनाएको छ ।

कम्पनीले ८० वटा कोठामा १८ वटा डिलक्स कोठा, ५६ वटा भिल्ला, ४ वटा सुइट भिल्ला र दुई वटा प्रेसिडेन्सियल भिल्ला हुनेछन् । त्यस्तै स्वीमिङ पुल, कन्फरेन्स र ब्याङ्क्वेट हल, स्पा र अन्य सुविधाको व्यवस्था हुनेछ

सम्बन्धित खबर