
सन् २०२३ को पाँच महिनामा ४ लाख ४ हजार २ सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि मे महिनासम्म सो संख्यामा पर्यटक भित्रिएका हुन्।
मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन्। यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक भित्रिएका थिए।
तथ्यांकअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन्। भारतपछि अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार ६ सय ६७, बेलायतबाट २ हजार ९ सय २७, अष्ट्रेलियाबाट २ हजार १ सय ८४ जना पर्यटक आएका छन्।
बङ्गलादेशबाट २ हजार १ सय ६४, मलेसियाबाट एक हजार ३ सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन्।