रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ मंगलबार (जेठ ३० गते) बाँडफाँट भएको छ।

गोलाप्रथामार्फत ६४ हजार ३६६ जना आवेदकहरूले सेयर पाएका छन्। जसमध्ये ७ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

यस आइपीओमा कुल ११ लाख ८५ हजार २०६ जना आवेदकले आवेदन दिएकामा १० लाख ७७ हजार ७४० जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ।

यसआधारमा, १ लाख ७ हजार ४६६ जनाको आवेदन रद्द भएको छ। कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणको लागि ६ लाख ४३ हजार ६६७ कित्ता सेयर निष्कासन गरेको थियो।

लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटल र रावा इनर्जीको वेबसाइटबाट हेर्न सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट थाहा पाउन सकिन्छ। नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ।