थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ (आज)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यस मध्ये १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

बाँकि रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता,सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ।

त्यस पश्चात बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।