
यातायात व्यवसायीहरूले काठमाडौंमा आन्दोलन गर्ने भएका छन्।
असार १ गतेदेखि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरुद्दमा यातायात व्यवसायीहरुले आन्दोलन गर्ने भएका हुन्।
यातायात व्यवसायी र विभिन्न संगठनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महानगरको उक्त निर्णयको विरोध गरेका छन्। महानगरको उक्त निर्णय अव्यवहारिक रहेको भन्दै व्यवसायीहरुले सच्याउन माग गरेका छन्।
यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन्।
महानगरले निर्णय नसच्याए सडक आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।
काठमाडौं महानगरले भने आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ।