शानिबार, २३ असार २०८०
दोलखा ।
हिजो शुक्रबार मेलुङबाट बिधाई तथा फेरि भेटौला कार्यक्रम गरिएको थियो । मेलुङ गाउँपालिकामा मिति २०७६–०८–१० मा बागमती प्रदेश लोकसेवाबाट छैटौंको रूपमा प्रवेश गर्नु भएका श्री सन्तोष पौडेललाई विदाई गरिएको छ । त्यसै गरी वडा नं. ७ का वडा अध्यक्षले आफ्नो भनाई राख्ने क्रममाा विचार राख्नु भएको थियो । उनले भने मेरो पहिलो पल्ट पालिका आउने क्रममा सन्तोष पौडेल ज्यूलाई यही भेट भएको थियो । आज यस पालिकाबाट बिधाई भै उहाँको आफ्नै गृह नगरपालिका पाँचखाल नगरपालिका जादैहुनुहुन्छ उहाँलाई बिधाई बधाई उज्ज्वल भबिश्यको शुभकामना व्यक्त गर्नु भएको छ ।
साथै केही अन्य बिचारहरु राख्दै भन्नु भयो । उहाँ एक, तेजस्वी, बिषय बस्तुको गहिरो बुझाई राख्ने, गाउँले परिवेश, सामाजिक सम्बन्धहरु पनि राम्रोसग बुझेको एक सरल, मिलान्सार सबैसँग मित्रताको सम्बन्ध कायम गर्न रुचाउँने एक ईमानदार राष्ट्रसेवक, आफ्नो जिम्मेवारी प्रति पुर्ण प्रतिबद्ध, ईमानदार कर्मनिष्टा सालिन, सदाचारी, सामाजिक, आध्यात्मिक राम्रो चेत राख्ने आत्मीय मित्र हुनुहून्छ ।
त्यसैगरी सन्तोष पौडेलज्युलाई उहाँले मेलुङ गाउँपालिकामा पुर्याउनु भएको योगदान, उच्च( मुल्यांकन सहित थप उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भएको छ ।
साथ साथै अनलाईन बुलेटिन पनि उहाँको बिदाईलाई नमन गर्दै हार्दिक बिधाई तथा फेरिभेटौला भन्दै शुभकामना दिन चाहान्छ ।











