मंगलबार, २६ असार २०८०
दोलखा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सिन्डिकेटमा चलाउन खोजिएको बताएका छन्। आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा नवगठित भातृ सङ्गठनका प्रमुखहरूलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२–६३ को परिवर्तनले मुलुकलाई अस्थिरता तर्फ धकलेको दाबी गरेका छन।

उनले सिन्डिकेटमा देश चलाउन खोजिए यस्तो प्रवृत्ति छिट्टै विस्फोट हुने दावि गरेका छन। थापाले रोग,भोक,अशिक्षा र गरिबिको रामवाण गणतन्त्र ,सङ्घीयता ,धर्मनिरपेक्षता हो भन्नेहरूले देशलाई सङ्क टतर्फ धकेलेको जिकिर गरेका छन।

थापाले खेलकुद सङ्गठनमा दमन बस्नेत ,सनातन धर्म परिषद् मा प्राडा विष्णु भण्डारी ,किसान सङ्गठनमा डम्बर सिवाकोटी ,मुस्लिम सङ्गठनमा मोहम्मद इकवाल इराकी, अपाङ्ग सङ्गठनमा धर्म प्रसाद न्यौपानेलाई जिम्मेवार दिँदै सङ्गठन निर्माणमा उच्च मनोबल सहित क्रियाशील हुन आग्रह गरेका छन।