दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा बाल्टिनको पानिमा डुबेर एक बालकको मृत्यु भएको छ ।
वडा नम्बर ८ का बसन्त बहादुर भुजेलको १९ महिनाका छोरा भुपेन्द्र भुजेलको मृत्यु भएको जिल्ला प्रहरी निरीक्षक राजेश शिक्देलले जानकारी दिनुभयो । शौचालयमा राखिएको बाल्टिनको पानिमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।