आइतबार, ०७ साउन २०८०
दोलखा । भारतले चामल निर्यात रोकेको छ। भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा समेत त्यसको असर पर्ने जानकारहरुले बताएका छन्।
भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ। नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ। आर्थिक वर्ष २०७९–८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो।
धान उत्पादनमा कमी आएको र खाद्यन्न अभावलाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको भारतिय अधिकारीहरुको दाबी छ ।
