विहीबार, ०७ भदौ २०८०, दोलखा । गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ।
६० किलो सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि मन्त्रालयले महानिर्देशक अधिकारीलाई अध्यागमनको जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको गृहमन्त्रालय स्रोतले जनाएको छ। अधिकारीलाई मन्त्रालयको जगेडामा राखिएको छ।
अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक बनेकन थिए। अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो। दावा भने अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा छन्।
