भुटानको ‘ड्रुक एयर’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवासायिक उडान गर्ने भएको छ। ड्रुकले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो।

डनागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्नेछ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको जानकारी दिए।

ड्रुकले एयरले पहिलो उडान सेप्टेम्बर ९ का दिन गर्नेछ।