बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन अर्थात् बुधबार तोलामा छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ। आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ हजार ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
