आइतबार, १४ असोज २०८०, दोलखा। अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताए।

हिजो शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महतले देशको आर्थिक अवस्था सुधारोन्मुख अवस्थामा रहेको बताए। महतले आम्दानी भन्दा खर्च बढी रहेका कारण देशको आर्थिक अवस्था कमजोर हुन गएकाले अब सरकारले खर्चलाई व्यवस्थित गर्ने बताए।

अर्थमन्त्री महतले प्रमुख आम्दानीको श्रोत राजश्व संकलन हुन नसकेको बताए। महतले अहिले पूँजीगत लगानी ३ सय २ अर्ब र ऋण साबा ब्याजको खर्च मात्रै ३ सय ७ अर्ब रहेको जानकारी दिए।

कार्यक्रममा एमाले नेतृ जुली महतोले बजेटमा सरकारले मधेश सरकारलाई विभेद गरेको भन्दै जनकपुरधामको विकास बजेटमा कन्जुसाई नगर्न आग्रह गरे।