स्पानिस ला लिगा फुटबल आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा अल्मेरिया र राभो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ।
यो खेल अल्मेरियाको घरेलु मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुनेछ।
शनिबार बिहान पौने २ बजे सेभिया र भ्यालेन्सियाबीच खेल हुनेछ। यो खेल सेभियाको मैदानमा हुनेछ।
