आईतवार १३ श्रावण २०८१, गोरखा। गोरखाको धार्चेमा पहिरो जाँदा एकै परिवारका तीनसहित ५ जना बेपत्ता भएका छन्।
धार्चे गाउँपालिका–५ सिङग्लाका स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा ५ जना बेपत्ता भएका हुन्। आज बिहान करिब ३ बजेतिर एक घर र एउटा कृषि फर्म पुरेको स्थानीयले बताएका छन्। सो घटना पाएलगत्तै खोज र उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
दुर्गम स्थान भएकाले प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी ९डिएसपी० रमेशकुमार श्रेष्ठले जानकारी दिनु भयो। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
