आईतवार १३ श्रावण २०८१, काभ्रेपलाञ्चोक। हिजो शनिबार काभ्रेपलाञ्चोकमा मिनि ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

स्थायी ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय लालबहादुर तामाङको मिनि ट्रिपरको ठक्करबाट गएराति मृत्यु भएको हो। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ बाँसघारीस्थित अरनिको लोकमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउदैँ गरेको बागमती प्रदेश ०१–००४ क ०१३० नम्बरको ट्रिपरले तामाङलाई ठक्कर दिँदा गम्भीर घाईते भएका थिए। गम्भीर घाईते भएका उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो।

तर, तामाङलाई गए राति नै चिकित्सकले मृत्त घोषणा गरेको हो। ठक्कर दिने मिनि ट्रिपर र चालक काभ्रेको महाभारत गाउँपालिका–४ का ३१ वर्षीय पदम लामालाई पक्राउ गरिएको छ।