काठमाडौँ । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ ।

श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयको टोलीले आज म्यानपावरमा छापा मारेको हो ।

advertisement

छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) र सात लाख ९० हजार नगद बरामद भएको जनाइएको छ ।

बरामद नगदको कुनै रसिद फेला नपरेको यादवले जानकारी दिए ।