
काठमाडौं, असार ७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह आइतबार श्रीमती र छोरीसहित चितवन आइपुगेका छन्।
चितवन बसाईका क्रममा प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरस्थित नवनिर्मित पाँचतारे ‘लटौली स्याङ्चुअरी रिसोर्ट’ मा बस्ने व्यवस्था मिलाइएको छ। उनको टोलीका लागि असार ६ देखि ११ गतेसम्म सो रिसोर्ट र नजिकैको ‘भ्युरानकोट रिसोर्ट’ का गरी कुल ३० वटा कोठा पूर्ण रूपमा बुक गरिएको छ।
रिसोर्टमा एउटा कोठाको मूल्य न्यूनतम १९ हजार ५ सयदेखि अधिकतम २२५ डलर (करिब ३३ हजार रुपैयाँ) सम्म पर्दछ।
प्रधानमन्त्रीको सुरक्षाका लागि शनिबारदेखि नै नेपाली सेना र नेपाल प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। सुरक्षा र गोपनीयताका लागि रिसोर्टका सबै सीसीक्यामेराहरू बन्द गरिएको छ भने अधिकांश कर्मचारीलाई बिदा दिइएको छ। कार्यरत सीमित कर्मचारीलाई पनि मोबाइल फोन प्रयोग गर्न र फोटो-भिडियो खिच्न निषेध गरिएको छ।
उक्त रिसोर्टमा प्रधानमन्त्री शाहका साथै गृहमन्त्री सुदन गुरुङ, रास्वपा महामन्त्री भुपदेव शाह र नेता सुनिल लम्साल लगायतका शीर्ष नेताहरू बस्ने बताइएको छ।
