दोलखाको मेलुङ गाउँपालिका वडा नं.-१ मा वडाध्यक्षमा नेकपा एमालेका इश्वर कोइराला पुनः विजयी भएका छन् । कांग्रेसका उम्मेदवार शोभित उप्रेतीलाई ४३७ मतले हराउँदै कोइराला निर्वाचित भएका हुन् ।
कोइरालाले १ हजार ४ सय ५१ मत ल्याउँदा उप्रेतीले १ हजार १४ मत ल्याएका थिए ।
सत्ता गठबन्धनलाई पछि पार्दै कोइरालाको प्यानल नै बिजयी भएको हो ।
वडाअध्यक्षमा कोइरालासहित सदस्यमा डिल्ली बहादुर बुढाथोकी, कमल बुढाथोकी, दलित महिला सदस्यमा पार्वती कार्की, महिला सदस्यमा बिना पाण्डे निर्वाचित भएका हुन् ।
२०७४ मा भएको स्थानीय तहको चुनावमा पनि कोइराला नै वडाध्यक्षमा विजयी भएका थिए ।
मेलुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेको थियो भने एमाले एक्लै चुनावी मैदानमा थियो ।
यस वडामा कुल २ हजार ७ सय २५ मत खसेको थियो ।
© 2025, Online Bulletin