साउन ३०, काठमाडौँ । विवेकशील साझा पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि सोमबार अपरान्ह ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्।
पार्टीका नेता प्रकाशचन्द्र परियारका अनुसार दल दर्ता गर्न दस्ताबेज तयार गर्नेजस्ता काम भएका छन्।
‘आजै दल दर्ता गर्न हामी निर्वाचन आयोग जान्छौं,’ उनले भने।
आइतबार विवेकशील साझाले अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीववल्लभ भट्टराईलाई चयन गरेको थियो।
अध्यक्षबाट रवीन्द्र मिश्रले दिएको राजीनामा पनि स्वीकृत भएको थियो। विवेकशील साझाले आइतबार केन्द्रीय समिति बैठक गरे पनि पार्टीले लिने विचारबारे भने कुनै निर्णय लिइसकेको छैन।
मिश्र अध्यक्ष हुँदा ‘विचारभन्दा माथि देश’ सिद्धान्त ल्याएका थिए। अब यसको निरन्तरता हुने वा नहुने भन्ने अहिले नै निर्क्यौल भइसकेको छैन। अब बस्ने केन्द्रीय समिति बैठकले विचारबारे छलफल गर्ने तयारी छ।
© 2025, Online Bulletin