पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधवार न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा पुगेको हो।
न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान उपाधि नजिक पुगाउन मोहम्मद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले।
रिजवानले ५७ र आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित २ रन बनाए।न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनायो। उसका लागि डारियल मिचेलले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ३ चौका र १ छक्काको मद्दतमा अविजित ५३ रन बनाए।
त्यस्तै, कप्तान केन विलियम्सनले ४६, डेभन कन्वेले २१ र जेम्स नीशमले नटआउट १६ रनको योगदान दिए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले १ विकेट लिए। पाकिस्तानलाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो।
यससँगै पाकिस्तानले इतिहास रचेको छ। जारीको सिरिजको फाइनलमा पुग्ने पहिलो टिम बन्दै उसले इतिहास रचेको हो। अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ। भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।
© 2025, Online Bulletin