रास्वपालाई एक सिट बोनस 


कृष्ण बुढाथोकी


चितवन क्षेत्र नम्बर २ बाट गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने भारी मतका साथ विजयी भए पनि नागरिकता विवादमा दोषी ठहर भए पछि उनको पद गुमेको थियो ।

पद गुमेपनि लामिछानेले अदालतको आदेश अनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै उनलाई उम्मेदवार हुने बाटो खुल्यो । सोही अनुसार चितवन २ बाटै उम्मेदवारी लिएका लामिछानेले यो उपनिर्वाचन ‘एकको बदला तीन सार्वजनिक रुपमा यर्थातलाई प्रस्ट पार्दै आएका थिए ।

जसअनुसार तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट रमेश खरेललाई पार्टीको तर्फबाट लडाइएकामा तनहुँको नतिजा पनि रास्वपाकै पक्षमा आएको छ । तनहुँमा स्वर्णिम वाग्ले विजयी हुँदा चितवन दुईमा यसअघिको भन्दा पनि धेरै मत पाएर लामिछाने विजयी भएका छन ।

तर, बारा २ मा भने रास्वपा पराजित हुने निश्चित देखिएको छ । रास्वपाका उम्मेदवार खरेल जारी मतगणनामा कमजोर मतका साथ चौथो स्थानमा छन् ।

रास्वपा र सो पार्टीका सभापति रविले नागरिकता विवादमा आफ्नो एक पद गुमे सगै त्यसको बदलमा तीन ल्याउने आशयका साथ ‘एकको बदला तीन सिट जित्ने बताउँदै आएका थिए । तर, सो योजना पुरा नहुने भए पनि रास्वपाले संसदमा एक सिट बोनस भने उपनिर्वाचनबाट प्राप्त गरेको छ ।

तनहुँ १ मा मंसिर ४ मा निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो ।

सम्बन्धित खबर