१७ बैशाख २०८०, आइतबार
दोलखा । आज आइतबार सिंहदरबारमा भएको वार्ता पछि पुनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सकेसम्म साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्ने गरी वार्ताबाट निर्णय भएको जानकारी दिएका छन्।

‘प्रधानमन्त्री ज्यूको निर्देशन अनुसार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काज्यूको अफिसमा हामीलाई बोलाइएको थियो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्घ भए’, पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय गरेका छौँ।’ उनले छलफल अत्यन्त सकारात्मक भएकाले नतिजा निस्कनेमा विश्वास गर्न बाध्य भएका छौँ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनु पर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्ना सुरु गरेकाका थिए। आन्दोलनमा समर्थन जुट्दै गए पछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।