सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ


कृष्ण बुढाथोकी

२०८० जेष्ठ १०, बुधबार
दोलखा । समय सान्र्दभिक भएर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले यस्तो भने, ‘म कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छौँ । सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका रहेको यथावत नै छ । यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठुलो छ ।’

सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन आफूले विगत देखि नै सङ्घर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको जानकारी दिएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर