सुनको भाउ घट्यो, कतिमा हुँदैछ खरिद–बिक्री?


अनलाईन बुलेटिन संवाददाता

साताको पहिलो दिन सुनको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको रहेको छ।

शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित खबर