शनिबार, ०९ भदौ २०८०, दोलखा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०÷८१ मा कुनै पनि शुल्क व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिएको हो। परीक्षा सञ्चालन गर्दा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग शुल्क बापत कुनै रकम नलिने गरी स्थानीय तहले परीक्षा सञ्चालन गर्ने जनाएको छ। यस्तै परीक्षालाई स्तरीकृत गरी अभिलेख व्यवस्थापन तथा विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख छ।

मन्त्रालयका अनुसार कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवं विद्यार्थी मूल्यांकन स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण सम्बन्धी मापदण्ड २०७६ राष्ट्रिय परीक्षा बोर्डबाट विकास भएको परीक्षा ढाँचाको परिधिभित्र रही परीक्षाको स्तरीयता, प्रमाणीकरण र एकरुपता कायम हुने गरी परीक्षा समिति मार्फत परीक्षा सञ्चालन गराउनु पर्नेछ।