
नेपालले भारतमा बिजुली निर्यात सुरू गरेको छ।
शनिबार छ सय मेगावाट आवर बिजुली भारतमा बिक्री गरिएको नेपाल विद्युत प्राधिकरणले बताएको छ।
प्राधिकरणकाअनुसार वर्षाका कारण धेरै बिजुली उत्पादन भएकाले निर्यात गरिएको हो।
प्राधिकरणले प्रतियुनिट ७.२१ भारूका दरले बिजुली बिक्री गरेको हो। नेपालले गत वर्षदेखि भारतमा बिजुली निर्यात गर्न सुरू गरेको हो।
अघिल्लो वर्ष नेपालले ११ अर्ब रूपैयाँको बिजुली बिक्री गरेको थियो।
