कालीकोटमा जिप दुर्घटना भएको छ।

शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको छ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।