प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?


अनलाईन बुलेटिन संवाददाता

शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित खबर