
असार ६ (बुधबार)गते पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडान हुने भएको छ।
चीनबाट चिनियाँ पर्यटक बोकेको जहाज चार्टड उडानमार्फत सिँधै पोखरा आउन लागेको हो। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको जहाजलाई आगामी बिहीबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
चीनको छेन्दुबाट ९ घण्टा हाराहारिको उडानमा पोखरा विमानस्थलमा जहाज अवतरण गर्नेछ।
प्राधिकरणकाअनुसार सिचुवान एयरलाइन्स र नेपाल पक्षबीच नियमित उडान गर्नेबारे पनि छलफल भइरहेको छ।
