यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची


अनलाईन बुलेटिन संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ।

आज सबैभन्दा सस्तो बन्द कोभी रहेको छ भने आभोकाडो महँगो रहेको छ। आज लोकल बन्द कोभी प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र आभोकाडो ६५० रुपैयाँ पर्नेछ।

त्यसैगरी नेपाली गोलभेँडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेँडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ कायम गरिएको छ भने मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, हरियो लसुन ११० रुपैयाँ पर्नेछ।

फलफूलको मूल्यसूची :

अनारके.जी.रू ४००.००रू ४५०.००रू ४२५.००
आँप(मालदह)के.जी.रू ७०.००रू ८०.००रू ७६.००
आँप(दसहरी)केजीरू ८०.००रू ९०.००रू ८५.००
अंगुर(हरियो)के.जी.रू ३८०.००रू ४००.००रू ३९०.००
अंगुर(कालो)केजीरू ५८०.००रू ६००.००रू ५९०.००
तरबुजा(हरियो)के.जी.रू ९०.००रू १००.००रू ९५.००
मौसमके.जी.रू १८०.००रू २००.००रू १९०.००
जुनारके.जी.रू २००.००रू २२०.००रू २१०.००
भुई कटहरप्रति गोटारू १८०.००रू २००.००रू १९०.००
काक्रो(लोकल)के.जी.रू ६०.००रू ८०.००रू ७०.००
काक्रो(हाइब्रीड)के जीरू ३०.००रू ४०.००रू ३६.६७
रुख कटहरके.जी.रू ३०.००रू ४०.००रू ३५.००
मेवा(भारतीय)केजीरू १३०.००रू १५०.००रू १४०.००
लीच्ची(लोकल)के.जी.रू ८०.००रू १००.००रू ९०.००
आभोकाडोके.जीरू ६००.००रू ७००.००रू ६५०.००

सम्बन्धित खबर