सोमबार, ०४ असार २०८०
दोलखा । हाल बजारमा गोलभेँडाले उचित मूल्य नपाएको कारण गोलभेँडा उत्पादक किसानहरूले ठुलो क्षति बेहोर्नु परेको बताउँदै महासंघले समर्थन मूल्य निर्धारण गरी उक्त मूल्यमा अनिवार्य खरिदको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन खोजेका छन । कृषि उपजहरूको समर्थन मूल्य निर्धारण गर्न अखिल नेपाल किसान महासंघले सरकारसँग माग राखेको छ।
हाल गोलभेँडा उत्पादनमा क्षति भोगेका किसानको उत्पादनको वास्तविक तथ्याङ्क सङ्कलन गरी उनीहरूको लागतमूल्य बराबरको रकम राहत स्वरूप यथाशीघ्र प्रदान गर्न र किसानहरूको दैनिक जीविकोपार्जन प्रत्यक्ष प्रभावित पार्न आवश्यक कदम चाल्नु पर्ने महासंघको घोषणा छ । कडा परिश्रम र उच्च लगानीबाट उत्पादित कृषि उपजहरूले लागत मूल्यसमेत नपाउने परिस्थिति बारम्बार दोहोरिनुले कृषि पेसा दिन प्रति दिन जोखिमपूर्ण बन्दै गइरहेको खुल्यआम देखिन्छ । यसरी नेपाली किसानहरूले विभिन्न कारणबाट विभिन्न समयमा भोग्नु परिरहेको क्षतिप्रति अखिल नेपाल किसान महासंघ दुःख व्यक्त गर्दछ । किसानका समस्याहरूमा सरकारको शून्य जवाफदेहीताप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
हाल उत्पादित गोलभेँडाको लागत मूल्य समेत प्राप्त नभइरहेको कारण कालीमाटी तरकारी तथा फलफूल विकास समिति र कृषि तथा पशुपन्छी मन्त्रालय लगायतका सम्बन्धित निकायमा आवश्यक क्षतिपूर्ति तथा दिगो समाधानको माग गर्दै पीडित किसानहरू यो हदसम्म पुगेका थिए । तर, सरकारले उक्त मागहरूप्रति बेवास्ता गरेको कारण हिजो २०८० असार ३ गते कालीमाटी बजार लगायतका स्थानमा किसानहरू गोलभेँडा सडकमा नष्ट गर्न बाध्य भएको महासंघले जनाएको छ ।
© 2025, Online Bulletin