
घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरुको पहिचान भएको छ। नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०–१० लाख कित्ताका लागि आवेदन दिने १२ जनाको पहिचान गरेको हो।
यसरी आवेदन दिनेमा प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री, मनोज पाठक र सृजा पोखरेल, मिथिलेशकुमार मेहता, अनिल राणा, नवीन खत्री, सुमित्रा बम र रन्जना ढकाल पौडेल रहेका छन्।
यी १२ जनाले खातमा रकम नभएकै अवस्थामा पनि एकजनाले दिन पाउने अधिकतम १० लाख कित्ताका दरले १ करोड २० लाख कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए।
धितोपत्र बोर्डले यसरी आफ्नो बैंक खातामा पर्याप्त रकम नभई आवेदन हाल्ने व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ।
