सोमबार, १७ भदौ २०८१, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

काभ्रेको पनौतीमा निर्माणाधीन प्रहरी एकेडेमी भवनको ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरी घर भएका एक मजदुरको मृत्यु भएको हो करेन्ट लागेर सप्तरी अग्निसाइरा कृष्ण सभरनका मजदुर सबिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। गत साँझ करिब ५ बजे करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका थिए।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारका क्रममा साँझ करिब ७ बजे मृत्यु भएको हो।