नेपाल निर्माण व्यवसायी महासंघले ६ दिनसम्म सिठ्ठी जुलुस निकाल्ने भएको छ।
साउन २१ गतेदेखि २६ गतेसम्म महासंघको अनामनगरस्थित कार्यालयदेखि संसद भवन अगाडीसम्म सिठ्ठी जुलुस गर्ने महासंघले जनाएको छ।
हरेक दिन बिहान ९ बजेबाट अनामनगरस्थित महासंघको कार्यालयदेखि संसद भवन अगाडीसम्म सिठ्ठी जुलुस निकाल्ने र संसद भवन अगाडी सभा गर्ने निर्णय महासंघले गरेको छ।
त्यसपछि संसद भवान अगाडीबाट माइतीघर बबरमहल हुँदै हनुमानस्थानमा सिठ्ठी जुलुससहित धर्ना दिने गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए।
निर्माण व्यवसायीहरुले सरकारले रोकेको भूक्तानी तत्काल दिनुपर्ने, सम्पूर्ण आयोजनाको एकमुष्ठ म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन गरिरहेका छन्।
