नेप्सेमा सामान्य सुधार


अनलाईन बुलेटिन संवाददाता

सेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य वृद्धि भएको छ। आज बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको छ।

गत बिहीबार र आइतबार लगातार दुई कारोबार दिन गिरावट भएको नेप्से सोमबार भने सामान्य वृद्धि देखिएको हो।

हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा अरु सबै उपसूचक बढेको छन्। अन्य उपसूचक ०.२८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.०९ प्रतिशतले गिरावट हो।

होटल तथा पर्यटन उपसूचक ०.८१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७० प्रतिशत र व्यापार उपसूचक ०.६५ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ उपसूचक ०.५२ प्रतिशतले वृद्धि भएको हो।

सम्बन्धित खबर