
फेवातालमा शुक्रबारदेखि नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिभल सुरु भएको छ।
चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको हो।
दुईदिने महोत्सवमा डुंगा प्रतियोगिता भइरहेको छ। ४ चिनियाँ टिम र ४ नेपाली गरी ८ टिमको सहभागिता छ। सिचुवान ड्रागन बोट टिम, युवान ड्रागन बोट टिम, एसजी ड्रागन्स, सिंगापुर, चाइना-नेपाल फ्रेण्डसीप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसीए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा महानगर ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्दैछन्।
५ सय र २ सय मिटरको दुरीमा डुंगा दौड हेर्न उल्लेख्य संख्यामा दर्शक फेवा किनारमा भेला भएका छन्। ५ सय मिटरतर्फ विजेताले ५ लाख, उपविजेताले नगद ३ लाख तथा तेस्रो हुने टिमले नगद २ लाख पुरस्कार राशिसहितको पुरस्कार पाउने छन्। त्यसैगरी २ सय मिटरमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३ लाख, २ लाख र नगद १ लाख पुरस्कार पाउने छन्।
तस्वीर:





