मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीले आइपीओ बिक्री गर्न अनुमति पाएका छ्न्।
नेपाल धितोपत्र बोर्डले आज (असार १० गते) दुवै कम्पनीलाई आइपीओ जारी गर्ने अनुमति दिएको हो।
जसमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि २८ करोड रुपैयाँको २८ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो।
यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ। यस्तै, धितोपत्र बोर्डले भगवती हाइड्रोपावरलाई प्रिमियममा आइपीओ जारी गर्न अनुमति दिएको हो। यसले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति पाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ १६ पैसा प्रिमियम थप गरेर ११६ रुपैयाँको दरमा १४ लाख ३० हजार १६२ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ।
© 2025, Online Bulletin