नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश


कृष्ण बुढाथोकी

बुधबार, १३ असार २०८०
दोलखा । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिएको छ ।

आज न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगर्नु र नगराउनु यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिइएको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन। साथै “प्रमुख शाहलाई नागरिक उड्डयन प्राधिकरणको स्पष्टीकरण माग गर्ने निर्णयलाई यसअघि कार्यान्वयन नगर्नु र नगराउनु यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको हो ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सा पासविना निर्माण भइरहेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले त्यहाँको फेन्सिङ तार लगायतका सामग्री नियन्त्रणमा लिएको र प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै प्रमुख शाहसँग स्पष्टीकरण दिन दगाएको थियो । प्राधिकरणको उक्त निर्णय विरुद्ध प्रमुख शाहले उच्च अदालत पाटनमा निवेदन दिइ सकेका थिए ।

यही असार ७ गते उक्त मुद्दामा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले नागरिक उड्डयन प्राधिकरणको पत्र कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिँदै आजका लागि छलफलमा बोलाएको थियो ।

सम्बन्धित खबर