२०७५.९७ बिन्दुमा नेप्से


अनलाईन बुलेटिन संवाददाता

सोमबार पनि नेप्से घटेको छ।

आज नेप्से २१.३२ अंकले घटेर २०७५.९७ बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा सीमित भएको छ।

यस दिन २७६ वटा धितोपत्रको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच भएको हो।

सम्बन्धित खबर