नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिको बैठकले ‘नेप्से ३० इन्डेक्स’ को परीक्षणको लागि स्वीकृति दिएको छ।
नेप्सेको बुधबार बसेको संचालक समितिको बैठकले ‘नेप्से ३० इन्डेक्स’ को आन्तरिक परीक्षणको लागि स्वीकृति दिएको हो।
अब आन्तरिक रुपमा परीक्षण गरि सकिएपछि परीक्षणको प्रतिवेदन अनुसार नेप्से संचालक समितिले इन्डेक्स कार्यान्वयनमा ल्याउनको लागि मिति तोक्ने छ। बैठकले इन्डेक्स कार्यान्वयनमा ल्याउनको लागि मिति तोक्ने चर्चा भए पनि नेप्सेको संचालक समितिले कार्यान्वयन गर्नु अघि आन्तरिक रुपमा परीक्षण गर्ने निर्णय गरेको हो।
नेप्सेले गत वैशाख २० गते नेप्से ३० मा सुझाव उपलब्ध गराउन आग्रह गर्दै जेठ ५ गतेसम्मको समय दिएको थियो।
