लाइक, लभ, केयर, हाहा, वाउ, स्याड अनि एंन्ग्री..
आजभोलि खुबै प्रयोग हुन्छन् यी नै इमोजी,

हाइ, हेल्लोको सुरूवात हुन्छ यी नै इमोजीबाट
अनि परिस्थिती रोचक र दुखी पनि हुन्छ यी नै इमोजीबाट,

म्यासेजको आदानप्रदानमा रमाइलो बनाउने माध्यम हो इमोजी
पठाउनेको मन खुशी होस् नहोस् पढ्नेलाई खुशी बनाउने प्रयास हो इमोजी,

यी नै इमोजी उडाउँदै रमाउँछन् प्रेमील जोडी
हर्टबिट र हर्ट ब्रोकनको भावनालाई रियाक्टमा दर्शाउने इमोजी,

दिक्क लाग्ने म्यासेजहरूलाई ‘फ्यानटास्टिक’ बनाउने स्रोत हुन् इमोजी
म्यासेजमै मजाक र मस्तीको वर्षात हुन् इमोजी,

सुख, दुख, हाँसो, रोदनहरूको साङ्केतिक भाषा हुन् इमोजी
कल्पनामै भएपनि कसैको भावना बुझ्ने माध्यम हुन् इमोजी,

खोइ कुन्नी कस्को आविष्कार हो थाहा छैन
तर पनि सबैको भावनाको सम्मिश्रण हुन् इमोजी..