सोमबार नेप्से परिसूचक झिनो अंकले घटेकोसेयर बजार स्थिर छ।
यस दिन नेप्से ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँ पुगेको छ।
यस दिन २९३ वटा धितोपत्रको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको हो।
© 2025, Online Bulletin