माल्टा पठाई दिन्छु भन्दै पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भन्दै पाँच लाख ८५ हजार ठगी गर्नेलाई सोमबार पक्राउ गरेको हो।
प्रकाउ पर्नेमा गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीया सुस्मा तामाङ रहेकी छिन्।
कार्यालयका अनुसार एक लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि रु ६ लाख लाग्छ भनी पाँच लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो।
पक्राउ तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइको छ।
© 2025, Online Bulletin