मंगलबार नेप्से परिसूचक घटेको छ।

आज नेप्से ४.७३ अंकले घटेर २०७२.२४ बिन्दुमा बन्द भएको हो।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँको कारोबार भएकोमा आज जम्मा दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० रुपैयाँ पुगेको छ।

मं‌गलबार २८३ वटा धितोपत्र तथा ऋणपत्रको ७९ लाख ८८ हजार ९८६ कित्ता सेयर किनबेच भएको हो। कारोबार हुनेमध्ये १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ वटाको बढेको छ। बाँकी ८ वटाको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।

सेयरमूल्य सर्वाधिक घट्नेमा सिङ्गटी हाइड्रो इनर्जी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.९६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २६८ रुपैयाँमा सीमित भएको छ।

मंगलबार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४९० रुपैयाँमा १२ करोड ७८ लाख १३ हजार ७१९ रुपैयाँको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट लिमिटेड रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२५ रुपैयाँ ८० पैसामा १२ करोड ५४ लाख ३९ हजार ४०९ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ।