विहीबार, २८ असार २०८०
दोलखा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय परिसर भित्र चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन्। राष्ट्रपति पौडेलले आज बिहान कार्यालय परिसर भित्र वर–पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका थिए। राष्ट्रपति पौडेलले वर–पीपल सहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगतै निर्देशन दिएका थिए।
सोहीअनुरूप उनले आज पूजा अर्चना सहित वर–पीपल रोपेका छन। उनले राष्ट्रपति भवनको पश्चिमपट्टीको भागमा चौतारो निर्माणका लागि वरपीपल रोपेका हुन्। सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना रहेको छ।
